मुख्यमन्त्री ममताले सामूहिक विवाह समारोहमा अंश ग्रहण गर्नको साथै आदिवासीहरूसित गरिन् नृत्य

कालचिनी (निसं.):  हाल उत्तर बङ्गालको भ्रमणमा रहेका  राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीले आज कालचिनी  ब्लकको सुभाषिनी चिया बगान मैदानमा आयोजित सामूहिक विवाह समारोहमा अंश ग्रहण गरिन्। यस अवसरमा मुख्यमन्त्रीले आदिवासी समुदायका मानिसहरूसित आदिवासी नृत्य पनि गरिन्। जानकारी अनुसार मुख्यमन्त्री ममता ब्यानर्जी आज अपरान्ह 12.30 बजी सामूहिक विवाह समारोहमा आइपुगेकी थिइन्। यसपछि त्यहाँ तिनले सबै नव विवाहित आदिवासी बेहुला-बेहुलीहरूसित भेट गरेर नयाँ वैवाहिक जीवनको शुभकामना दिइन्। यसको साथै तिनले मञ्चमा केही समय आदिवासीहरूसित नृत्य पनि गरिन्।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *