मुख्यमन्त्री ममता ब्यानर्जी 21 सेप्टेम्बर उत्तर बंगाल भ्रमणमा आउने 

सिलगढी : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी लगभग 6 महीनापछि आगामी 21 सेप्टेम्बरको दिन उत्तर बंगाल परिभ्रमणमा आउने भएकी छन्। चार दिने भ्रमण अवधि तिनले राज्यको पाँचवटा जिल्लामा प्रशासनिक बैठक गर्ने लगायत अन्य केही कार्यक्रमहरूमा अंश ग्रहण गर्ने भएको पार्टी सूत्रमार्फत् थाहा लागेको छ। प्रशासनिक सूत्रले दिएको जानकारीअनुसार मुख्यमन्त्री ममता ब्यानर्जी आगामी 21 सेप्टेम्बरमा सिलगढीको बाघडुग्रा हवाई अड्डामा ओर्लिएपछि सडक मार्ग हुँदै सोझै उत्तरकन्यामा जानेछिन्। यसबाहेक तिनले आगामी 22 सेप्टम्बरमा अलिपुरद्वार र जलपाईगढीका प्रशासनिक अधिकारीहरूसित बैठक गर्ने भएकी छन् भने 23 सेप्टेम्बरको दिन कुचबिहार, दार्जिलिङ र कालेबुङका प्रशासनिक अधिकारीहरूसित बैठक गर्ने भएकी छन्। मुख्यमन्त्रीले उत्तरकन्याबाटै उक्त प्रशासनिक वर्चुअल बैठक गर्ने भएका छन्। यसपछि तिनी 24 सेप्टेम्बरको दिन बाघडुग्राबाट हवाई मार्ग भएर कोलकाता प्रस्थान गर्नेछिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *