मुख्यमन्त्री ममता आगामी शनिबार उत्तर बंगाल भ्रमणमा आउने

सिलगढी :  विधानसभा चुनाउको मिति नजिकिँदै गएकोले विभिन्न राजनैतिक दलहरू चुनाउ प्रचार गर्नमा व्यस्त छन्। तृणमूल पार्टी सूत्रले दिएको जानकारीअनुसार आगामी शनिबारको दिन मुख्यमन्त्री तथा तृणमूल नेत्री ममता ब्यानर्जी उत्तर बंगाल भ्रमणमा आउने भएकी छन्। मुख्यमन्त्री ममताको उत्तर बंगालमा विविध कार्यक्रम रहेको बताइएको छ। आगामी आइतबार तृणमूल कङ्ग्रेसद्वारा सिलगढीमा निकालिइने पदयात्रामा तिनले अंश ग्रहण गर्ने भएकी छन्। यसपछि आइतबार साँझ नै तिनी कोलकाता फर्किने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *