मुख्यमन्त्री ममता ब्यानर्जीले कालचिनीको सुभाषिनी चिया बगानको सरकारी कार्यक्रममा गरिन् अंश ग्रहण

अलीपुरद्वार (निसं): राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज कालचिनी ब्लकको सुभाषिनी चिया बगानमा आयोजित एउटा सरकारी कार्यक्रममा अंश ग्रहण गरिन्। यस अवसरमा तिनले आगामी पञ्चायत चुनाउभन्दा अगावै चिया बगानको भोट ब्याङ्कलाई अझ मजबुत पार्नका लागि सुन्दरी परियोजना लगायत विभिन्न योजनाहरूको उद्घाटन गरिन्। यसको साथै तिनले चिया बगानको प्रोभिडेन्ट फण्डलाई लिएर आन्दोलन गर्ने घोषणा समेत गरिन्। सुन्दरी परियोजना वाहेक तिनले आज अलीपुरद्वार, कुचबिहार, जलपाइगढी गरेर तीन जिल्लामा मोठ 138 वटा परियोजनाको पनि उद्घाटन गरिन्। यस अवसरमा मुख्यमन्त्री ममताले सुन्दरी परियोजना अन्तर्गत 1,127 जना चिया श्रमिकहरूलाई घर दिइने बताइन्।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.