मुख्यमन्त्री ममता ब्यानर्जी दार्जिलिङबाट फर्किन् कोलकाता

दार्जिलिङ (निसं) : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी आफ्नो चार दिवसीय भ्रमण पुरा गरेपछि आज तिनी दार्जिलिङबाट कोलकाता फर्किन्। तिनी गत 11 जुलाईको दिन पहाड़ आएकी थिइन्। यसपछि गत 12 जुलाईको दिन दार्जिलिङको चौरास्तामा आयोजित जीटीए सभासदहरूको शपथ ग्रहण समारोहमा सामेल भइन् भने 13 जुलाईको दिन दार्जिलिङमा सम्पन्न भानु जयन्ती कार्यक्रममा पनि उपस्थित भएपछि आज तिनी दार्जिलिङबाट कठोर सुरक्षा व्यवस्थाबीच वाहनमा सवार भएर खरसाङ, रोहिणी हुँदै बाघडुग्रासम्म आइपुगेपछि त्यहाँबाट विमान मार्फत कोलकता फर्किए। 


राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई विदाई दिनको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष तथा नव निर्वाचित जीटीए चीफ एक्ज्युकेटिभ अनित थापा लगायत हिल्स तृणमूल कङ्ग्रेसका केही शीर्ष नेताहरू उपस्थित रहेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *