मुख्यमन्त्री ममता ब्यानर्जी सिलगढी र दार्जिलिङ भ्रमणमा आउने

सिलगढी : मुख्यमन्त्री ममता ब्यानर्जी आगामी हप्ता सिलगढी तथा दार्जिलिङ भ्रमणमा आउने भएकी छन्। सिलगढीको कञ्चनजङ्घा स्टेडियममा एउटा सरकारी कार्यक्रममा तिनले अंश ग्रहण गर्ने भएकी छन्। यसैले पुलिस कमिश्नर गौरव शर्माले आज बिहान डीसीपी, एसीपी तथा सिलगढी थानाका आईसीलाई साथमा लिएर कञ्चनजङ्घा स्टेडियमको निरीक्षण गरे। यस अवधि तिनले मुख्यमन्त्रीको सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर कञ्चनजङ्घा स्टेडियममा कुन गेट भएर मानिसहरू प्रवेश गर्ने, पार्किङ व्यवस्था लगायत अन्य विभिन्न व्यवस्थाबारे चर्चा परिचर्चा गरे। मुख्यमन्त्री ममता ब्यानर्जी आगामी हप्ता सिलगढी लगायत दार्जिलिङ परिभ्रमणमा आउनेछिन्। तिनले दार्जिलिङ पहाडमा विभिन्न राजनैतिक पार्टीका नेतृत्वहरूसित भेट गरेर विविध विषयमा कुराकानी गर्ने पार्टी सूत्र मार्फत् थाहा लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *