मुख्यमन्त्री ममताद्वारा 'खेला होबे दिवस' मनाउने घोषणा

तृणमूल कङ्ग्रेसले 'खेला होबे'-को नाराको साथमा 2021 -को विधानसभा चुनाउ जितेको छ। विधानसभा चुनाउ अवधि मानिसहरूको मुखमा 'खेला होबे'-को नारा प्रचलित थियो। यस नाराको साथमा तृणमूल कङ्ग्रेसका कार्यकर्ता तथा समर्थकहरू चुनावी अभियानमा जोश तथा उत्साहको साथमा सामेल भएका थिए। आज राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले विधानसभामा 'खेला होबे दिवस' मनाउने घोषणा गरेकी छन्। तथापि, हालसम्म यसको मिति तय भएको छैन। मुख्यमन्त्रीले 'खेला होबे दिवस' कुन दिन पालन गरिनेछ भन्ने बारे पछि जानकारी गराइने बताइन्। उल्लेखनीय छ, मुख्यमन्त्रीले यसभन्दा पहिला खेला होबे परियोजनाको शुरू गर्ने घोषणा गरेकी थिइन् भने आज 'खेला होबे दिवस' मनाउने घोषणा गरेकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.