मुख्यमन्त्री ममताले खरसाङको गिद्धे पहाड नजिक मर्निङ वकमा जाँदा विद्यार्थीहरूसित गरिन् कुराकानी

खरसाङ: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज दोस्रो दिन पनि बिहान गिद्धे पहाड़स्थित सर्किट हाउसबाट निस्केर महानदीसम्मको पैदल यात्रा गरिन्। यस अवसरमा तिनले महानदीको ढुङ्ग्रेकोठी क्षेत्रमा रहेको सड़कमा नै केही स्कुले नानीहरूसित कुराकानी गरिन्। मुख्यमन्त्री ममताले महानदी, सिविटार क्षेत्रबाट खरसाङतर्फ गइरहेका केही विद्यार्थी नानीहरूसित पनि समय बिताइन् अनि नानीहरूसित तिनले विभिन्न विषयलाई लिएर कुराकानी गरिन्। मुख्यमन्त्रीसित कुराकानी गर्ने एकजना बाह्रौं श्रेणी पढ़ने विद्यार्थीसित सोधखोज गर्दा मुख्यमन्त्रीले आफूहरूसित धेरै कुराकानी गरेको साथै आफूलाई सरकारबाट प्राप्त फोनको पैसा पाएको अथवा नपाएको विषयमा सोध्दा आफूले सो पाएकोबारे जानकारी दिएको बताइन्। मुख्यमन्त्री ममताले आफूहरूलाई मिठाई पनि दिएको विद्यार्थीहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *