मुख्यमन्त्री ममताले सत्ता बनाई राख्न बंगाल विभाजन गर्न चाहन्छिन् : सयन्तन बसु

सिलगढी : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आफ्नो सत्ता बनाइराख्ने उद्देश्य लिएर बंगाललाई विभाजन गर्न चाहन्छन्। सिलगढीमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर भाजपाका प्रदेश महासचिव सयन्तन बसुले यसप्रकारको मन्तव्य पोखेका छन्। तिनले राज्यमा सत्ताधारी पार्टी तृणमूल कांग्रेसले आफ्नो सत्ता बनाइ राख्नको लागि गोर्खाल्याण्डको समर्थनमा बिमल गुरुङसित हात मिलाएको आरोप लगाए। भाजपा युवा मोर्चाले भोलि उत्तरकन्या अभियान गर्ने भएको छ। भाजपाको उक्त र्‍यालीलाई रोक्नको लागि विभिन्न ठाउँहरूमा पुलिस तत्पर रहेको तिनले बताए। यसको साथै तिनले तृणमूल सरकार भाजपासित डराइरहेकोले गर्दा नै पुलिस लगाएर भाजपाको विभिन्न आन्दोलनलाई विफल गर्ने प्रयास गरिरहेको तिनले आरोप लगाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *