मुख्यमन्त्री ममतासित भोलि बैठक गर्न अनित थापा कोलकाता प्रस्थान

सिलगढी: हालै सम्पन्न जीटीए चुनाउमा बहुमतले जीत हासिल गरेपछि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष तथा दुईवटा आसनबाट विजयी पार्टीका प्रार्थी अनित थापा आज बाघडुग्राबाट विमानमार्फत कोलकाता प्रस्थान गरे। भोलि कोलकाताले तिनले मुख्यमन्त्री ममता ब्यानर्जीसँग बैठक गर्ने भएका छन्। यसबारे अनित थापाले आज कोलकता प्रस्थान गर्न अघि बाघडुग्रा विमान अड्डा परिसरमा पत्रकारहरूसितको कुराकानीमा बताए। तिनले भने, भोली मुख्यमन्त्री ममता ब्यानर्जीसित मेरो बैठक छ। त्यही बैठकमा भाग लिनु म कोलकाता जाँदैछु। पत्रकारहरूले सोधेको प्रश्नको जवाबमा जीटीए चुनाउको जीतमा खुशी हुनु भन्दा पनि दार्जिलिङ पहाडमा धेरै चुनौती रहेको बताए। तिनले जीटीए राम्रोसित सञ्चालन गर्नको लागि सबै विजयी 45 जना सभासदलाई साथमा लिएर नै काम गर्ने दावी गरे। तिनले आफुलाई राजनीति गर्नु भन्दा पनि अधिक पहाडको सम्वृद्धि भएको हेर्नुछ भनी बताए। अनित थापाले दिल्लीमा खुट्टा राख्नु पनि सक्दैन भन्ने हाम्रो पार्टी-का अध्यक्ष अजय एडवार्डको बयानबारे सोधिएको प्रसंगमा भने, तिनको यो इमेच्युर बयान हो। सायद बयान दिने भाई अस्वस्थ्य होला। यस्तो बयान केटाकेटीले दिएको बयान जस्तो हो। अजय भाई चुनाउमा हारेर सायद डिस्टर्ब भएको जस्तो लाग्दैछ। पब्लिकले हामीलाई म्यान्डेट दिएको छ त्यो पनि बहुमतको म्यान्डेट। जीटीएको चौकीमा बसे पछि सम्झौता अनुसार नै राज्य अनि केन्द्र दुवै पक्षसँग नै आफुले बात गर्न सक्ने अनित थापाले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *