मुख्यमन्त्री फालाकाटाको सामूहिक विवाह कार्यक्रममा उपस्थित हुने

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको फालाकाटामा आगामी 2 फरवरीको दिन आयोजित हुने सामूहिक विवाह कार्यक्रममा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी पनि सामेल हुने भएकी छन्। यसैले फालाकाटाको मिल रोड मैदानमा मुख्यमन्त्रीको आगमनलाई केन्द्र गरेर कठोर सुरक्षा व्यवस्था अप्नाउनको साथै यसको लागि युद्ध स्तरमा तयारी भइरहेको छ। जिल्ला पुलिस प्रशासन लगायत तृणमूलका केही शीर्ष नेतृत्वहरूले दिनहुँ सामूहिक विवाह स्थलको परिदर्शन गरिरहेको बताइएको छ। आगामी 2 फरवरीमा 400 भन्दा अधिक आदिवासी युवा-युवतीहरूको सामूहिक विवाह गरिने कार्यक्रम रहेको छ। यसको साथै उक्त दिन चिया सुन्दरी परियोजना मार्फत् घरहरू प्रदान गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *