मुख्यमन्त्री प्रेम सिंह तामाङले पत्नीसहित गुरूदेवबाट ग्रहण गरे आशिर्वाद

दार्जिलिङ (निसं) : सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज बिहान दार्जिलिङ जाने क्रममा तकभरस्थित आवासमा पुगेर बौद्ध धर्मगुरू गुरुङ टुल्कु नीमा होइशर रिम्पोर्छे (गुरुदेव) लाई भेटेर तिनीबाट आशीर्वाद ग्रहण गरे। यस भेट अवधि मुख्यमन्त्रीले धर्मगुरूसित तिनको स्वस्थबारे जानकारी लिनको साथै आफ्नो पत्नी श्रीमती कृष्णा राईसहित गुरूदेवबाट दिव्य आशीर्वाद ग्रहण गरे।


यसवाहेक, मुख्यमन्त्रीले सिक्किमका मानिसहरूको तर्फबाट गुम्बामा हार्दिक प्रार्थना पनि गरे। यस अवसरमा मुख्यमन्त्री प्रेम सिंह तामाङलाई निमा होइशर टुल्कु पेमा छोइलिंग गुम्बा निर्माण समिति, तकभरद्वारा सम्मानित गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *