मुख्यमन्त्री र बिमल गुरूङमाझको सम्झौताबारे जनतालाई बताउनुपर्ने  : माकपा

खरसाङ: पश्चिम बंगाल राज्य सरकारले बिमल गुरूङलाई कोलकाता ल्याएपछि तिनीहरूबीच के कुराकानी भयो त्यो जनतालाई बताउनु पर्ने माकपाले माग गरेको छ। आज खरसाङमा पत्रकारहरूसित कुराकानी गर्दै माकपाको खरसाङ क्षेत्र सचिव गोपाल गुप्त, दार्जिलिङ जिल्ला सदस्य भरत पटेल अनि डीवाईएफआई दार्जिलिङ जिल्ला सभापति सचिन खातीले बिमल गुरूङ र ममता ब्यानर्जी माझ के सम्झौता भयो त्यो जनता जान्न चाहन्छ। त्यसर्थ जनतालाई यो कुरोको जानकारी गराउनु बिमल गुरूङ अनि ममता ब्यानर्जीको नैतिक कर्तव्य अनि जिम्मेवारी हो भनी बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *