मुख्यमन्त्री तीनदिने भ्रमणमा उत्तर बंगाल आउने, माल नदीमा प्राण गुमाउने पीडित परिवारसित भेट गर्ने

सिलगढी (निसं): दुर्गापुजा उत्सव पछि राज्यका मुख्यमन्त्री ममता ब्यानर्जी आगामी 17 अक्टोबरदेखि तीन दिवसीय भ्रमणमा उत्तर बंगाल आउने भएकी छन्। मुख्यमन्त्रीको भ्रमणलाई लिएर प्रशासनिक तयारी शुरू भइसकेको छ। प्रशासन सूत्र अनुसार मुख्यमन्त्री 17 अक्टोबरको दिन बाघडुग्रा हवाई अड्डामा ओर्लिए पछि सडक मार्ग भएर सोझै मालबजार जानेछन्। त्यहाँ हालै माल नदी दुर्घटनामा मर्ने परिवारका सदस्यहरूसित मुख्यमन्त्रीले भेट गर्नेछन्। स्मरण रहोस,   गत विजयादशमीको राति मालनदीमा अचानक बाढ़ आएपछि पुजा विसर्जन गर्न गएका 8 जनाको पानीमा डुबेर मृत्यु भएको थियो। प्रशासन सूत्र अनुसार सिलगढी कावाखाली मैदानमा आयोजित गरिने विजया सम्मिलनी कार्यक्रममा पनि मुख्यमन्त्रीले अंश ग्रहण गर्नेछन्। यसैले गर्दा दार्जिलिङ जिल्लाशासक एस पन्नमबलम अनि सिलगढीको पुलिस कमिश्नर अखिलेश चतुर्वेदी लगायत पुलिस अनि जिल्ला प्रशासनका अधिकारीहरूले आज कावाखाली मैदानको निरीक्षण गरे। यसवाहेक, कावाखालीको विश्व बांग्ला शिल्पी हाटमा पुलिस अनि प्रशासनिक अधिकारीहरूले एउटा बैठक पनि गरे।


 

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *