मुख्यमन्त्री उत्तर बङ्गाल भ्रमणमा आउने, युद्धस्तरमा तयारी शुरू

फुलबारी : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी उत्तर बङ्गालको भ्रमणमा आउने भएकी छन्। गत 29 जनवरीमा मुख्यमन्त्रीले सिलगढी संलग्न उत्तरकन्या नजिक फुलबारीको भीडियोकन मैदानमा सभालाई सम्बोधन गर्नेछन्। यसको लागि युद्ध स्तरमा मञ्चको तयारी भइरहेको छ। मुख्यमन्त्री उत्तर बङ्गाल भ्रमणमा आएपछि विभिन्न ठाउँमा सभा गर्नेछन्। यसपछि 29 जनवरीमा उत्तरकन्या संलग्न हेलिप्याड नजिक भीडियोकन मैदानमा सभा गर्नेछन्। यस अवधि तिनले मानिसहरूलाई विविध सुविधाहरू प्रदान गर्ने बताइएको छ। यसबाहेक उत्तर बङ्गालको अन्य जिल्लाहरूमा पनि तिनको धेरैवटा कार्यक्रम रहेको छ। मुख्यमन्त्री उक्त भ्रमणलाई लिएर प्रशासनिक तथा राजनीतिक महल सक्रिय बनेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *