मुख्यमन्त्री उत्तर बङ्गाल भ्रमणमा आउने, कञ्चनजङ्घा स्टेडियम तथा उत्तरकन्याको अधिकारीहरूद्वारा निरीक्षण

सिलगढी : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी 7 दिने भ्रमणमा उत्तर बङ्गाल आउने भएकी छन्। मुख्यमन्त्रीको उत्तर बङ्गाल भ्रमणलाई लिएर पुलिस प्रशासन तत्पर रहेको छ। सिलगढी नगरनिगमका मेयर गौतम देव, जिल्लाशासक प्रीति गोयल, सिलगढी पुलिस कमिश्नर सी सुधाकर लगायत अन्य अधिकारीहरूले आज सिलगढीको कञ्चनजङ्घा स्टेडियम, उत्तरकन्याको निरीक्षण गरे। प्राप्त जानकारी अनुसार आगामी 6 दिसम्बरदेखि 12 दिसम्बरसम्म मुख्यमन्त्री उत्तर बङ्गालमा बस्ने भएकी छन्। भदैको बिहेको कार्यक्रममा अंश ग्रहण गर्न तिनी खरसाङ जाने भएकी छन्। बिहे कार्यक्रम बाहेक मुख्यमन्त्रीले विविध सरकारी तथा दलीय कार्यक्रममा अंश ग्रहण गर्ने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *