मुक्तधारा फाउन्डेसनलाई प्रसेनजीत रायद्वारा चिकित्सा सामग्री तथा आर्थिक सहयोग

सिलगढी : सिलगढीको मुक्तधारा फाउन्डेसनले कोरोना परिस्थितिमा  मानिसहरूको सहयोगको लागि हर सम्भव प्रयास गरिरहेको छ। कोरोना संक्रमित भएर मर्नेहरूको अन्तिम संस्कार गर्नको लागि मुक्तधारा फाउन्डेसन अघि आएको छ। यस कार्यको निम्ति कतिपय असुविधाहरूको सामना गर्न परे तापनि फाउन्डेसनले काम गर्दै आइरहेको छ। हाल उक्त फाउन्डेसनलाई आर्थिक समस्या भइरहेकोले प्रसेनजीत रायले आर्थिक सहयोग गरेका छन्। तिनले उक्त संस्थालाई पीपीई किट्स, मास्क र ह्यान्ड ग्लोब्स लगायत 11 हजार रुपियाँ सहयोग राशि प्रदान गर्नको साथै सबैलाई उक्त संस्थाको सहयोगको लागि अघि आउने अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *