मुक्त मञ्चको तर्फबाट निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना

सिलगढी : सिलगढी नगरनिगमको 2 नम्बर वार्डस्थित मुक्त मञ्चको तर्फबाट वर्ल्ड डायबिटीज डे-को उपलक्ष्यमा निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। यस शिविरमा ब्लड शुगर, प्रेसर लगायत विभिन्न शारीरिक जाँच गराउनको साथै आवश्यकमन्द मानिसहरूलाई निःशुल्क औषधी पनि वितरण गरियो। यस शिविरको माध्यमको माध्यमद्वारा सयौँ मानिसहरूले निःशुल्क  स्वास्थ्य जाँच गराए। मुक्त मञ्च क्लबका सदस्य शिव शंकरले बताएअनुसार कोरोना महामारीले गर्दा यस वार्डका आवश्यकमन्द मानिसहरूले आफ्नो स्वास्थ्य जाँच गर्न नसकेकोले गर्दा नै वर्ल्ड डायबिटीज डे-को अवसर पारेर आज क्लबको तर्फबाट निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *