मूल्य वृद्धि विरुद्ध सुकेपोखरीमा हिल टीएमसीद्वारा जारी धरनालाई बीएसएनएल सीडब्ल्युयु हिलको समर्थन

सुकेपोखरी : पेट्रोल-डीजल, ग्यास सिलेन्डर लगायत आवश्यकीय सामग्रीहरूको मूल्य वृद्धिको प्रतिवादमा हिल तृणमूल जोरबङला सुकेपोखरी खण्ड समितिद्वारा हिजोदेखि सुकेपोखरी मोटर स्ट्याण्डमा जारी धरना प्रदर्शनलाई बीएसएनएल सीडब्ल्युयु हिलले समर्थन जनाएको छ। केन्द्र सरकारको मूल्य वृद्धि विरुद्ध तृणमूल कङ्ग्रेसद्वारा आयोजना गरिएको विरोध ऱ्याली तथा धरना प्रदर्शनलाई बीएसएनएल सीडब्ल्युयु हिलको पूर्ण समर्थन रहेको सङ्गठन हिल सेक्टर सचिव प्रमेश प्रधानले बताए। हाल एलपीजी, पेट्रोल-डीजल लगायत दैनिक प्रयोजनीय समानको मूल्य वृद्धिले गर्दा साधारण मानिसहरू समस्यामा परेकोले यसको प्रतिवाद जनाउँदै तृणमूल कङ्ग्रेसद्वारा जारी यस अभियानलाई सङ्गठनको समर्थन रहेको तिनले बताए। उक्त संगठनले सुकेपोखरी मोटर स्ट्याण्डमा जारी धरना स्थलमा सहभागी बन्दै यसलाई समर्थन जनाएको प्रधानले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *