मूल्य वृद्धिको विरोधमा तृणमूल छात्र परिषद-द्वारा राजगञ्ज कलेज अघि प्रदर्शन

राजगञ्ज : पेट्रोल-डीजल तथा खाना पकाउने ग्यासको मूल्य वृद्धिको प्रतिवाद जनाउँदै गाजोल ब्लक तृणमूल छात्र परिषद्को तर्फबाट आज राजगञ्ज कलेज गेट अघि विक्षोभ प्रदर्शन गरियो। यस विषयमा तृणमूल छात्र परिषदको राजगञ्ज ब्लक अध्यक्ष मेहेबुब आलमले बताएअनुसार छात्र परिषदको प्रदेश अध्यक्षको निर्देश अनुसार राज्यको सबै जिल्लामा कलेजको गेट अघि पेट्रोल तथा डीजलको मूल्यमा वृद्धिको विरोधमा प्रदर्शन गरिरहेको छ। पेट्रोल-डीजल तथा खाना पकाउने ग्यासको मूल्यमा लगातार वृद्धि भइरहेकोले गर्दा साधारण मानिसहरूलाई निक्कै असुविधा भइरहेको छ। यसैले केन्द्र सरकारले चाँडै नित्य प्रयोजनीय समानहरूको मूल्यमा ह्रास गरिनुपर्ने माग गर्दै आन्दोलन गरिरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *