मूल्य वृद्धिको प्रतिवादमा युवा कांग्रेसको अनौठो र्‍याली

सिलगढी : देश व्यापी मूल्य वृद्धिको प्रतिवादमा आज दार्जिलिङ जिल्ला युवा कांग्रेसको तर्फबाट सिलगढीमा एउटा अनौठो ढङ्गमा र्‍यालीको आयोजना गरियो। दार्जिलिङ जिल्ला युवा कांग्रेसका सदस्यहरूले आज साँझमा भैँसी गाडी, लालटिन, थाल-गिलासलगायत विभिन्न झाँकीहरूको साथमा अनौठो प्रकारले निकालिइएको उक्त प्रतिवाद र्‍याली सिलगढीको एयरभ्यु मोडदेखि शुरू गरेर यहाँको विभिन्न पथहरूको परिक्रमा गरेर अन्तमा हासमी चोकसम्म पुगेर समापन भयो।


उक्त र्‍यालीमा दार्जिलिङ जिल्ला कांग्रेस अध्यक्ष तथा विधायक शङ्कर मालाकार, दार्जिलिङ जिल्ला युवा कांग्रेसका अध्यक्ष रोहित तिवारीलगायत अन्य सदस्यहरू उपस्थित थिए। यस अवसरमा युवा कांग्रेस अध्यक्ष रोहित तिवारीले राज्य सरकार र केन्द्र सरकारको जनविरोधी नीतिहरूको निन्दा गर्दै सीएए, एनपीआर र एनआरसी-को विरोध जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.