मूल्यवृद्धिलगायत सीएए, एनपीआरको विरोधमा कांग्रेसको कार्यक्रम

खोरीबारी : मूल्यवृद्धि लगायत सीएए, एनपीआर अनि एनआरसी-को विरोधमा खोरीबारी कांग्रेस पार्टीको तर्फबाट एउटा कार्यक्रमको आयोजना गरियो। यस कार्यक्रम शुरू हुन अघि आज एउटा विशाल विरोध ऱ्याली पनि निकालिइयो। यस अवसरमा भाजपा नेता तथा गृहमन्त्री अमित शाहको पुतला दहन पनि गरियो। 


   

कार्यक्रममा कांग्रेस पार्टीको दार्जिलिङ जिल्ला महासचिव तपन पाइन, जिल्ला उपाध्यक्ष जीवन मजुमदार, जिल्ला सदस्य कल्याण घोष, विजन चक्रवर्ती, राजु घोष, संगीता घोष, खोरीबारी कांग्रेस पार्टी अध्यक्ष आलोक राय, फाँसीदेवा विधान सभाका युवा अध्यक्ष माणिक बर्मन, खोरीबारा अञ्चल अध्यक्ष मोहम्मद करीम, सन्तोष सिंह लगायत विभिन्न अञ्चलका अध्यक्ष तथा कार्यकर्ताहरू धेरै सङ्ख्यामा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *