मुम्बईका दर्शन शाहको हराएको ब्याग प्रधाननगर थानाको तत्परतामा उद्धार

सिलगढी : सिलगढी प्रधान नगर थाना पुलिसले त्वरित कार्यवाही गर्दै ब्याग हराएको 12 घण्टाको अवधिमै फेला पारेर मुम्बई निवासी दर्शन शाहलाई सुम्पिदिएको छ। प्राप्त जानकारी अनुसार मुम्बई निवासी दर्शन शाह हिजो सिलगढी आइपुगेपछि केही कामले गर्दा चम्पासरी संलग्न निवेदिता रोडबाट एउटा टोटोमा सवार भएको समय आफ्नो ब्याग टोटोमै भुलेर छोडिएपछि तिनी चिन्तित बने। यसपछि तिनले प्रधान नगर थानामा गएर यसबारे जानकारी गराए। उक्त ब्यागमा एउटा ल्यापटप र कम्पनीको केही आवश्यक कागजपत्र रहेकोबारे तिनले पुलिसलाई जनाए। प्रधान नगर थानाका आईसीको नेतृत्वमा सादा पोशाकमा पुलिसले उक्त टोटोको खोजी शुरू गरे। यसपछि लगभग 12 घण्टाको अवधिमै उक्त टोटो फेला पारेर दर्शन शाहको हराएको ब्याग उद्धार गरेपछि पुलिसले तिनलाई उक्त ब्याग सुम्पिदिए। पुलिसको तत्परताले गर्दा आफ्नो हराएको ब्याग भेट्टाएकोमा खुशी व्यक्त गर्दै तिनले प्रधान नगर थाना पुलिसको प्रशंसा गर्नको साथै धन्यवाद दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *