मुण्डाकोठीको जौबारीमा बुथ स्तरीय धन्यवाद कार्यक्रम

सोनादा: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, रङ्गबुल धोतरीय रङ्मुक समष्टि अन्तर्गत 24/23 बुथ मुण्डाकोठी चियाबारीको जौबारी सार्वजनिक भवनमा आज बुथ स्तरीय धन्यवाद कार्यक्रमको आयोजना गरियो। स्थानीय वयोवृद्ध जेपी राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँका वरिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै क्षेत्रीय सभासद तथा डिप्टी चेयरम्यान राजेश चौहानले सभालाई सम्बोधन गर्दै विगतका दिनहरूमा पहाडमा भावनाको राजनितिले लथालिङ्ग बनाएको अनि अबउसो भावनालाई परिष्कार गरेर यथार्थलाई अंगाल्नुपर्ने कुरामा जोड दिए। तिनले अझ भने, हामी भावनादेखि यथार्थको बाटोतर्फ अग्रसर छौँ तथापि यथार्थको धेरै नजिक आइसकेका छौँ। सरकारले दिएको कुनै पनि व्यवस्था यदि सुचारु रुपले चलाउन सके धेरै कार्य गर्न सकिन्छ तर विगतमा यस्तो भएन। अब उप्रान्त हामीले हाम्रो व्यवस्थालाई सही ढंगमा चलाएर उदाहरण बन्नु छ साथै कुनै जात, धर्म रङ आदिमा भिन्नता नगरी सबैलाई एउटै दृष्टिकोणले हेरेर काम गर्नेछौ भन्दै चौहानले यसको निम्ति केवल नेताको मात्र होइन तर सचेत जनताको पनि उत्तिकै भूमिका रहने कुरामा जोड दिए। हाम्रो पहाडमा सिष्टम लथालिङ्ग भएको छ, जसलाई सही बाटोमा ल्याउनुपर्छ भन्दै सबैलाई धन्यवाद दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *