मुण्डा कोठीमा कोभिड भ्याक्सिनको खोप, स्वास्थ्य शिविर

सोनादा: मुण्डा कोठी ग्राम संरक्षण समितिको तत्वावधानमा साथै जोरबङ्लो सुखियापोखरी खण्ड स्वास्थ्य केन्द्रका डा. बुद्धदेव विश्वास एवम् डा. अरुद्ध विश्वास लागायत स्वास्थ्य कर्मीहरूको संयुक्त सहभागितामा स्वास्थ्य शिविर सम्पन्न गरियो । यस अवसरमा लगभग 250 जनालाई कोविडको भ्याक्सिन लगाइयो। मुण्डा कोठी प्राथमिक पाठशालामा 60 वर्षभन्दा अधिक उमेर पुगेका एवं 45 देखि 59 वर्षसम्म (डायबिटिज र बीपीका बिरामीहरू) लाई कोविडको भ्याक्सिन लगाइयो। यसको साथै मुण्डा कोठी लगायत नजिकको गाउँका मानिसहरूलाई निःशुल्क स्वास्थ्य जाँच पनि गराउनको साथै दवाई पनि वितरण गरियो। उक्त शिविरमा विनोद राई, कृतण सिनचुरी, प्रभुधन देवन, शेखर राई, महेश सेवा, प्रमोद लिम्बु, संगीता छेत्री, नुतन राई लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *