मनीषी ठाकुर पञ्चानन वर्माको जन्मदिन पालन

कुचबिहार:  दी छत्रिय सोसाइटी कुचबिहारको तर्फबाट मनीषी ठाकुर पञ्चानन वर्माको 155 औ जन्म जयन्ती पालन गरियो। यहाँको रास मेला मैदान परिसरमा रहेको पञ्चानन वर्माको मूर्तीमा आज बिहान भूतपूर्व सांसद पार्थ प्रतिम राय लगायत दी छत्रिय सोसाइटी कुचबिहारका सदस्यहरूले माल्यार्पण गरेर तिनलाई श्रद्धाञ्जलि दिए। यस अवसरमा पूर्व सांसद पार्थ प्रतिम रायले बताए अनुसार आज उत्तर बंगालसहित कुचबिहार जिल्लामा विभिन्न सरकारी, निजी संस्थानहरूद्वारा मनीषी ठाकुर पञ्चानन वर्माको जन्म जयन्ती पालन गरियो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *