मूर्ति नदी नजिकबाट सैगुन काठको लट्ठा उद्धार

चालसा : गोप्य सूचनाको आधारमा चालसा रेञ्जको पानझोरा बिटका वनकर्मीहरूले अभियान चलाएर 4 वटा चोरेको सैगुन काठको लट्ठा उद्धार गरेको छ।  प्राप्त जानकारीअनुसार आज बिहान बिट अधिकारी दिलीप रायको नेतृत्वमा वनकर्मीहरूले अभियान चलाएर मूर्ति नदी नजिकबाट सैगुनको काठ उद्धार गरे तापनि घटनामा कसैलाई पक्राउ गरिएको छैन। जफत गरेको काठको अनुमानित बजार मूल्य 30 हजार रुपियाँ रहेको छ भने उक्त काठहरू पानझोरा बिट अफिसमा लगिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.