म्युजिक भीडियो ‘सम्बन्ध गहिरो कि माया?’ सार्जनिक

दार्जिलिङ : वैष्णवी प्रोडक्सनको सहयोगमा केएस प्रोडक्सनद्वारा तयार पारिएको म्युजिक भीडियो सम्बन्ध गहिरो कि माया?’ आज सार्जनिक गरियो। अमित बीकेको स्वर, किशोर शर्माको शब्द अनि अजनिश राईको संगीत संयोजनमा तयार पारिएको उक्त म्युजिक भीडियोमा साई श्रेया भण्डारी, सोनाम डुक्पा र तुषार शर्माले अभिनय गरेका छन्। दार्जिलिङका विभिन्न स्थानहरूमा छायाङ्कन गरिएको यस म्युजिक भीडियोको सम्पादन आदित्या रायाले गरेका छन् भने यसको कथा विनय शङ्करले तयार पारेका हुन्। शिवानी छेत्रीद्वारा निर्देशित यस म्युजिक भीडियोको आज दार्जिलिङ प्रेस गिल्डमा विधिवत् लोकार्पण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *