म्याराडोना कप कटेबुङ नेपालको झोलीमा

मिरिक: मिरिकको थर्बु खेल मैदानमा सम्पन्न फुटबल प्रतियोगिता अन्तर्गत म्याराडोना कपको फाइनल खेलमा हर्स राइडर एसोसिएसन मिरिकलाई पराजित गरेर कटेबुङ नेपाल बन्यो च्याम्पियन। दुवै टोलीमाझ खेल चरम उत्साहको साथमा खुबै रोमाञ्चक रह्यो। पहिलो हाफको फाइनल खेलमा हर्स राइडर एसोसिएसन निक्कै हावी देखिनको साथै दुई गोलले बढत हासिल गरेको थियो तथापि दोस्रो हाफमा नेपालका खेलाडीहरु आफ्नो खेलको रणनीतिलाई परिवर्तन गरेर दह्रिलो मानसिकताको साथमा मैदानमा ओर्लिएपछि खेलमा वापसी गरेर दुई गोल गरेपछि खेलको अन्तसम्म स्कोर बराबरी 2-2 मा पुऱ्यायो। यसपछि खेलाइएको 3-3 पेनल्टी सुटआउटमा हर्स राइडर एसोसिएसनले 1 गोल गऱ्यो भने कटेबुङ नेपालले 2 गोल गरेपछि म्याराडोना कप फुटबल प्रतियोगिताको च्याम्पियन टोली बन्यो। विजयी टोली अनि पराजित टोलीका खेलाडीहरूलाई उपस्थित अतिथिहरूको बाहुलीबाट ट्रफीहरू प्रदान गरियो। फाइनल खेलमा प्रमुख अतिथिका रुपमा सौरेनी क्षेत्रिय महासङ्घका अध्यक्ष तारा घिमिरे तथा अन्य अतिथिहरुमा उत्तम गोले, सोबन घिसिङ, बिकास सुब्बा, सरोज गोले, राकेश गोले, कोविद देवान, सितम तामाङ, रामजीत राई, दिप तामाङ, संगीत राई, अमिर लामा आदि सामेल थिए। निगाले युथ क्लबको तर्फबाट विवेक गोलेले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने मिरिक नगरपालिका अध्यक्ष एलबी राई, भागोप्रमो मिरिक महकुमा सचिव अरुण सिग्ची, 24 नम्बर समष्टि अध्यक्ष मिलेश राई, मिरिक नगर पार्षद निमा रिदा भोटिया, युनाइटेड कन्सट्रक्सन कम्पनीका प्रणय थापा आदि प्रति आभार प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *