नाबालक-नाबालिकाको बिहे रोकिदियो प्रशासनले

राजगञ्ज : राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायतको साहुडाङ्गी इलाकामा प्रशासनद्वारा नाबालक-नाबालिकाको बिहे रोकिदिएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार गत राति राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायतको साहुडाङ्गी इलाकामा 17 वर्षीय नाबालकसित 14 वर्षीय नाबालिकाको बिहे हुने खबर पाएपछि राजगञ्जका बीडीओ एनसी शेर्पा र आमबारी आउटपोस्ट पुलिसका ओसी सजल राय लगायत अन्य प्रशासनिक अधिकारीहरू घटनास्थलमा पुगेर बिहे रोकिदिएको छ। तिनीहरूले नाबालक-नाबालिकाको बिहे गर्न नपाउने बताउँदै दुवै परिवारका सदस्यहरूको बन्ड साइन लिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *