नाबालिगलाई अपहरण गरेर दुष्कर्म गरेको आरोपमा एकजना व्यक्ति पक्राउ

सिलगढी (निसं) : सिलगढीबाट नाबालिगलाई अपहरण गरेर तिनीसित जबर्जस्ती दुष्कर्म गरेको आरोपमा पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी उत्तम भावाल (30), जलपाईगढी निवासी बताइएको छ। प्राप्त जानकारी अनुसार गत 23 दिसम्बर सिलगढीको भक्ति नगर इलाकाबाट एकजना 15 वर्षीय नाबालिग अचानक निखोज भइन्। यसपछि परिवारका सदस्यहरूले तिनलाई विभिन्न ठाउँहरूमा खोजी गरे तापनि तिनको कुनै पत्तो लागेन। यसपछि परिवारको पक्षबाट भक्ति नगर थानामा नाबालिग अपहरण भएकोबारे लिखित अभियोग दर्ता गरे। अभियोगको आधारमा जाँच गर्दै जाँदा भक्ति नगर थाना पुलिसले उत्तम भावाल नाम गरेका एकजना व्याक्तिसित उक्त नाबालिगलाई अन्तिम पल्ट देखा परेको थाहा पाए। यसपछि पुलिसले उत्तम भावलको खोजी गर्दा निखोज नाबालिगलाई साथमा लिएर जलपाईगढी गएको खबर पाए। नाबालिग अनि तिनको अपहरणकर्तासम्म पुग्न अगावै गत 28 दिसम्बरको राति निखोज नाबालिग पानीट्याङ्की अउट पोस्ट थाना अन्तर्गत इलाकामा रहेको जानकारी पाए। यसपछि पुलिसले नाबालिगलाई उद्धार गरेर सोधखोज गरेपछि गत राति अपहरण कर्ता उत्तम भावाललाई पुलिसले खाईखाई बजार इलाकाबाट पक्राउ गरेको छ। आज पुलिसले आरोपी भावाललाई नाबालिगको अपहरण अनि दुष्कर्म गरेको आरोपमा मामिला दर्ता गरेर जलपाईगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *