नाबालिका छात्राको परिवारसित भेटे राज्य बाल सुरक्षा आयोगका सदस्यहरूले

सिलगढी : राज्य बाल सुरक्षा आयोगका सदस्यहरू आज सिलगढी आइपुगेपछि मृतक नाबालिक छात्राको घरमा पुगेर परिवारका सदस्यहरूसित भेट गरे। यस अवधि तिनीहरूले मृतक छात्राको आमासित कुराकानी गरेर घटनाबारे विस्तृत रूपमा जानकारी लिए। तिनीहरूले उक्त घटनाको निष्पक्ष जाँच एवम् न्यायको आश्वासन दिएका छन्। यसपछि सिलगढी गेस्ट हाउसमा पत्रकारहरूसित कुराकानी गर्दै राज्य बाल सुरक्षा आयोगका चेयरपर्सन सुदेशना रायले भनिन्, उक्त घटना अति नै निन्दनीय छ। आज मृतक छात्राको परिवारसित भेट गरे। आरोपीलाई कठोर सजाय दिनुपर्ने मृतककी आमाले माग गरेकी छन्। पोस्टमार्टम रिपोर्ट हेरिसकेको छु। चाँडै नै चार्जसिट पेश गरिनेछ। अर्कोतिर, राज्य बाल सुरक्षा आयोगकी सल्लाहकार अनन्या चक्रवर्तीले भनिन्, आज घटनाबारे सम्पूर्ण जानकारी लिनको साथै यस घटनालाई लिएर पुलिसले गरिरहेको जाँचबारे पनि जानकारी लिइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *