नाबालिका छात्रालाई अपहरण गरेको आरोपमा युवक पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले नाबालिका छात्रालाई अपहरण गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक विप्लव रायको रूपमा चिन्हित गरिएको छ। घटनाक्रमअनुसार गत 15 मार्चमा सिलगढीको 32 नम्बर वार्डको ज्योतिर्मय कोलनी निवासी एउटी छात्रा माध्यमिक दिन गएको समय निखोज भएकी थिइन्। विभिन्न ठाउँमा छात्राको खोजी गरे तापनि कुनै पत्तो नलागेपछि परिवारका सदस्यहरूले एनजेपी थानामा छात्रा निखोज भएको बारे अभियोग दर्ता गरेका थिए। उक्त घटनालाई लिएर पुलिसले लापर्वाही गरिरहेको आरोप लगाउँदै परिवारका सदस्यहरूले एनजेपी थानाअघि विक्षोभ प्रदर्शन समेत गरेका थिए। निखोज छात्राका परिवारका सदस्यहरूको आरोप अनुसार इलाकाकै एकजना युवकले उक्त छात्रालाई जोर जबरजस्ती लगेको थियो। घटनाको जाँचमा जुटेका पुलिसले उक्त निखोज छात्रा अलिपुरद्वारमा रहेको थाहा पाएपछि गत राति अलिपुरद्वारबाट आरोपी युवक विप्लव रायलाई पक्राउ गर्नको साथै निखोज छात्रालाई पनि उद्धार गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *