नाबालिका छात्रासित यौन उत्पीडन गर्ने आरोपी शिक्षकको नोकरी रद्द गर्नुपर्ने मागमा एबीभीपी-द्वारा विक्षोभ

सिलगढी : सिलगढीमा नाबालिक स्कुलकी छात्रासित यौन उत्पीडन गर्ने आरोपी शिक्षक मोहम्मद आलमलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरियो। आरोपी शिक्षकले हिजो नर्सिङ होमबाट छुट्टी पाएपछि आज तिनलाई अदालतमा पेश गरियो। नाबालिकाको बाबुको आरोप अनुसार आरोपी शिक्षकको परिवारको तर्फबाट केस फिर्ता लिएर समझौता गर्ने विषयमा दबाउ दिइरहेको छ। तथापि तिनले आरोपीलाई कठोर सजाय दिनुपर्ने माग गरेका छन्। अर्कोतिर, आरोपी स्कुल शिक्षकको नोकरी रद्द गरिनुपर्ने माग गर्दै एबीभीपी-को सिलगढी सांगठनिक जिल्ला सदस्यहरू आज सडकमा ओर्लिए। संगठनका सदस्यहरूले आज सिलगढी शिक्षा जिल्लाको विद्यालय निरीक्षक कार्यालयअघि विरोध प्रदर्शन गर्नको साथै एउटा ज्ञापन पत्र पनि चढाए। यस विषयमा उच्च अधिकारीलाई जानकारी गराउने जिल्ला विद्यालयका निरीक्षकले आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *