नाबालिका हत्याकाण्ड: अनित थापाले पुलिस कमिशनरलाई गरे पत्राचार

सिलगढी (निसं): सिलगढीको मतिगढा इलाकामा हिज सोमबार दिउँसै नेपाली स्कुलमा पढ्ने एकजना नाबालिकाको स्कुल ड्रेसमैं जघन्य हत्या भएको घटनालाई लिएर जीटीए प्रमुख कार्यपाल अनित थापाले कठोर शब्दमा निन्दा गर्नको साथै पिडित परिवारलाई शोक समवेदना प्रकट गरेका छन्। यसको साथै तिनले सिलगढी पुलिस कमिश्नरेटका पुलिस कमिशनरलाई पत्राचार गरेर उक्त घटनाको राम्ररी जाँच गरेर परिवार पक्षलाई उचित न्याय दिलाउने मांग पनि गरेका छन्। स्मरण रहोस, उक्त घटनामा हत्यारा 21 वर्षीय मोहम्मद अब्बासलाई पुलिसले मतिगढाको बलासन ब्रिज संलग्न लेलीन कलोनीबाट पक्राउ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *