नाबालिकालाई अपहरण गरेको आरोपमा युवक पक्राउ

सिलगढी : 13 वर्षीय नाबालिकालाई अपहरण गरेको आरोपमा सिलगढी मेट्रोपोलिटन पुलिसको भक्ति नगर थाना पुलिसले एकजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक बसन्त पान्डेको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार सिलगढीको वार्ड नम्बर 40 निवासी 13 वर्षीय नाबालिकालाई हिजो रहस्यमयी ढङ्गमा अपहरण गरेपछि परिवारको तर्फबाट थानामा लिखित अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले अपहरण गरेको 12 घण्टाको अवधिमै उक्त नाबालिकालाई उद्धार गरेको छ भने नाबालिकालाई अपहरण गरेको आरोपमा बसन्त पान्डेलाई छोटा फाफरी इलाकाबाट पक्राउ गरेको बताइएको छ। उद्धार गरेको नाबालिकालाई मेडिकल जाँचको लागि पठाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *