नाबालिकालाई अपहरण गरेको आरोपमा युवक पक्राउ

सिलगढी: नाबालिकालाई अपहरण गरेको आरोपमा एनजेपी पुलिसले डेनियल विलफिल्ड नाम गरेका एकजना युवकलाई पक्राउ गरेको छ। पुलिस सूत्र अनुसार गत आइतबार एनजेपी थाना अन्तर्गत अम्बिका नगरबाट एउटी नाबालिकालाई फकाइ-फुस्ल्याइ गरेर गाउँकै डेनियल विलफिल्डले साथमा लिएर गए। यसपछि परिवार पक्षले विभिन्न ठाउँहरूमा खोजी गरे तापनि नाबालिकालाई नभेट्टाइएपछि अन्तमा एनजेपी थानामा लिखित अभियोग दर्ता गरे। यसपछि पुलिसले खोजबिन गरेर झंकारमोड इलाकाबाट अपहरणकर्ता डेनियललाई पक्राउ गरेपछि आज तिनलाई जलपाइगढी अदालतमा पेश गरियो


Leave a Reply

Your email address will not be published. Required fields are marked *