नाबालिकालाई अपहरण साथै दुष्कर्म गर्ने आरोपी बिहारबाट पक्राउ

सिलगढी : नाबालिकालाई अपहरण गरेर दुष्कर्म गरेको आरोपमा प्रधान नगर थाना पुलिसले गत राति बिहारको कटिहारबाट एकजना व्यक्तिलाई पक्राउ गरेर सिलगढी ल्याएपछि आज अदालतमा पेश गर्यो। पक्रा परेका आरोपी एमडी चाँद खान सिलगढीमा भाँडाको घरमा बस्दथे भने तिनी मूल रूपमा बिहारको कटिहार निवासी हुन्। प्राप्त जानकारी अनुसार, मार्च महीनामा सालबारी निवासी एउटी नाबालिका माध्यमिक परीक्षा दिनको लागि घरबाट निस्केपछि घर फर्कि नआएपछि परिवारका सदस्यहरूले तिनको खोजी गरे तापनि तिनको कुनै पत्तो लागेन। यसपछि तिनी अचानक पाँच दिनपछि घर फर्किआएपछि नाबालिकाले आफूलाई जोरजबरजस्ती दुष्कर्म गरेको बताएपछि  परिवारका सदस्यहरूले प्रधान नगर थानामा अपहरण साथै दुष्कर्म गरेकोबारे एउटा लिखित अभियोग दर्ता गरे। अभियोग दर्ता गरे तापनि पुलिसले आरोपीलाई पक्राउ गर्न सकेको थिएन। यसै विषयलाई लिएर हिजो भाजपा महिला मोर्चाका सदस्यहरूले प्रधान नगर थाना घेराउ गरेर विरोध प्रदर्शन गरेर आरोपीलाई पक्राउ गर्नुपर्ने माग गरे। यसपछि  प्रधान नगर थाना पुलिसले आरोपी एमडी चाँद खानलाई कटिहारबाट पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *