नाबालिकासँग दुष्कर्म गरेको आरोपमा दुईजना विरुद्ध अभियोग दर्ता

सिलगढी : सिलगढी संलग्न मतिगढामा एउटी नाबालिकासँग दुष्कर्म गरेको दुईजना व्यक्तिविरुद्ध आरोप उठेको छ। केही दिन अघिदेखि 13 वर्षीय एउटी नाबालिकासँग मतिगढा निवासी शिलालु राय र धीरेन बर्मनले दुष्कर्म गर्दै आइरहेको आरोप रहेको छ। उक्त नाबालिकाले आइतबार परिवारका सदस्यहरूलाई यसबारे जानकारी गराएपछि दुई आरोपी व्यक्तिविरुद्ध तिनीहरूले मतिगढा थानामा अभियोग दर्ता गरेको छ। यसको साथै ती दुई आरोपीलाई  पक्राउ गरेर कठोर सजाय दिनुपर्ने पीडित परिवारका सदस्यहरूले माग गरेका छन्। उक्त नाबालिकालाई डर देखाएर विभिन्न ठाउँहरूमा लगेर ती दुईजना व्यक्तिले दुष्कर्म गरेको अभियोग उठेको छ। अभियोगको आधारमा मतिगढा पुलिसले यी दुईजना व्यक्तिको खोजी गरिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *