नाबालिकासँग दुष्कर्म गर्ने व्यक्ति पुलिस हिरासतमा

सिलगढी : सिलगढीको मतिगढामा नाबालिकासँग दुष्कर्म गरेको आरोपमा आज शिलालु राय नाम गरेको एकजना व्यक्तिलाई पक्राउ गरेको छ। आरोपी व्यक्तिलाई 6 दिनको पुलिस हिरासतमा लिएको छ। तथापि, घटनाको अन्य आरोपी धीरेन बर्मन हालसम्म पक्रा परेका छैनन्। केही दिनदेखि मतिगढा निवासी 13 वर्षीय नाबालिकालाई डर देखाएर यी दुई व्यक्तिले दुष्कर्म गर्दै आइरहेको आरोप रहेको छ। गत सोमबार नाबालिकाको परिवारका सदस्यहरूले मतिगढा पुलिस थानामा आरोपी दुई व्यक्तिविरुद्ध अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले आज एकजना आरोपीलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *