नाबालिकासँग दुष्कर्म गर्ने 58 वर्षीय व्यक्ति पक्राउ

दार्जिलिङ : दार्जिलिङ महिला पुलिसले एकजना 58 वर्षीय व्यक्तिलाई दुष्कर्म गरेको आरोपमा पक्राउ गरेको छ। दार्जिलिङ महिला थानाकी एसआई छिरिङ शेर्पाले दिएको जानकारीअनुसार दार्जिलिङ पुलिसले अभियोगको आधारमा बदमताम चियाबारी निवासी एकजना 58 वर्षीय व्यक्तिलाई तिनकै घरबाट पक्राउ गरेपछि आज दार्जिलिङ न्यायालयमा पेश गरियो। उक्त पक्रा परेका आरोपी व्यक्तिले नाबालिकासँग बारम्बार दुष्कर्म गरेको अभियोगमा तिनलाई पुलिसले पक्राउ गरेको हो भने तिनीविरुद्ध पोक्सो कानुन दर्ता गरिएको छ। उक्त कानुनअनुसार आरोपीलाई 10 वर्षभन्दा अधिक अथवा आजीवन कारावासको सजाय हुनसक्ने तिनले जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *