नाबालिकासित दुष्कर्म गर्ने प्रयास गरेको आरोपमा एकजना पक्राउ

सिलगढी (निसं): नाबालिकासित दुष्कर्म गर्ने प्रयास गरेको आरोपमा पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको नाम शंकर पाल (48) बताइको छ। तिनी सिलगढी नगर निगमको 40 नम्बर वार्ड अन्तर्गत गौरांगोपल्ली निवासी हुन्। प्राप्त जानकारी अनुसार गत 16 मार्च शंकर पालले 13 वर्षीय नाबालिकालाई घरमा एक्लै देखेर तिनीसित दुष्कर्म गर्ने कोशिश गरे। तथापि, नाबालिका कुनै प्रकारले त्यहाँबाट भागेर निक्लिए। यसपछि परिवारका सदस्यहरू घरमा आएपछि नाबालिकाले सम्पूर्ण घटनाबारे जानकारी गराए। यसपछि परिवारका सदस्यहरूले उक्त घटनाबारे भक्ति नगर थानामा लिखित अभियोग दर्ता गरे। अर्कोतिर, अभयोगको आधारमा भक्तिनगर पुलिसले आरोपी शंकर पाललाई तिनको घरबाट पक्राउ गरे। आज आरोपीलाई जलपाईगढी अदालतमा पेश गऱ्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *