नाबालिकासित दुष्कर्म गर्ने प्रयास गरेको आरोपमा व्यक्ति पक्राउ

सिलगढी : सिलगढी नगरनिगमको 40 नम्बर वार्डको असरफ नगरमा एउटी नाबालिकासित दुष्कर्म गर्ने प्रयास गरेको आरोपमा पुलिसले एमडी एहसानुल हक (28)-लाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। प्राप्त जानकारी अनुसार  40 नम्बर वार्डको असरफ नगर निवासी 16 वर्षीय नाबालिका समान लिनको लागि गत राति दोकानमा गएकी थिइन्। त्यहीँ समय दोकाने एमडी एहसानुलले उक्त नाबालिकासित जबरजस्ती दुष्कर्म गर्ने प्रयास गर्दा नाबालिका चिच्याउन थालेपछि छिमेकीहरू भेला भएर आरोपी दोकानेलाई पक्रेर पुलिसलाई खबर दिए। घटनाको खबर पाएर भक्ति नगर थाना पुलिस घटनास्थलमा पुगेर आरोपी दोकानेलाई पक्रेर थानामा लगे। यसपछि पीड़ित परिवारका सदस्यहरूले आरोपी दोकानेविरुद्ध थानामा लिखित अभियोग दर्ता गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *