नाबालिकासित दुष्कर्मको प्रयास गर्ने व्यक्ति पक्राउ

सिलगढी : फुलबारी 2 अञ्चलको च्याङ्गराबन्दा इलाकामा नाबालिकासित दुष्कर्म गर्ने प्रयास गरेको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार हिजो साँझ च्याङ्गराबन्दा इलाका निवासी 13 वर्षीय एउटी नाबालिका साथीको घरमा गइरहेको समय छिमेकी गोविन्द रायले तिनीसित दुष्कर्म गर्ने प्रयास गर्दा उक्त नाबालिकाले चिच्चाउँदा आरोपी व्यक्तिले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। यसपछि उक्त नाबालिकाले आफ्ना परिवारका सदस्यहरूलाई विस्तृत रूपमा घटनाबारे जानकारी गराएपछि परिवारका सदस्यहरूले छिमेकी गोविन्द विरुद्ध एनजेपी थानामा अभियोग दर्ता गरे। अभियोगको आधारमा पुलिसले गत राति आरोपी गोविन्दलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *