नाबालिका तस्करी गर्ने प्रयास गरेको आरोपमा सिभिक भोलेन्टियरको स्वास्नी सहित अन्य पक्राउ

सिलगढी : नाबालिका तस्करी गर्ने प्रयास गरेको आरोपमा सिभिक भोलेन्टियरको स्वास्नीलाई पक्राउ गरेको छ। यसको साथै सिलगढी जङ्क्सन थानाले नाबालिका तस्करीको आरोपमा अझ केही आरोपीलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार सिलगढीको 4 नम्बर वार्ड निवासी 2 जना नाबालिकालाई दिल्लीमा तस्करी गर्ने योजना रहेको थियो। सिलगढी जङ्क्सन डीआरपीमा अभियोग दर्ता गरेपछि पुलिसले मोहम्मद नासिरूद्दीन र साहेदा अन्सारीलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका आरोपीहरूसित सोधखोज गरेपछि आज 2 जना नाबालिकालाई एनजेपीबाट उद्धार गरेको छ भने घटनामा अझ 3 जना महिलालाई पनि पक्राउ गरेको छ। पक्रा परेकाहरू 4 नम्बर वार्ड निवासी सुहाना अन्सारी, जरिना बेगम र जयगुन निशा अन्सारी सामेल छन् भने तीमध्ये जयगुन निशा सिभिक भोलेन्टियरको स्वास्नी हुन्। उक्त सिभिक भोलेन्टियर सिलगढी कमिश्नरेटमा कार्यरत छन्। पक्रा परेका 3 जना महिलालाई भोलि शनिबार सिलगढी अदालतमा पेश गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *