नाबालिक छात्राको हत्याको विरोधमा सिलगढीमा भाजपा-द्वारा रैलीको आयोजना

सिलगढी : सिलगढीमा नाबालिक छात्राको हत्या तथा सहरमा कानुन व्यवस्थाको विरोधमा भाजपा-को सिलगढी सांगठनिक जिल्ला कमिटीले आज रैलीको आयोजना गर्यो। सिलगढीको महानन्दा पुलबाट रैली शुरू गरेर विभिन्न पथहरूको परिक्रमा गरेपछि हासमी चोकमा पुगेर समापन गरियो। उक्त रैलीमा दार्जिलिङ जिल्लाका सांसद राजु विष्ट, सिलगढीका विधायक शङ्कर घोष, दार्जिलिङका विधायक निरज जिम्बा लगायत भाजपा सांगठनिक जिल्लाक नेता तथा कार्यकर्ताहरू उपस्थित थिए। नाबालिका छात्राको हत्याको घटनालाई केन्द्र गरेर राजु विष्टले राज्य सरकारलाई कटाक्ष कस्दै भने, सिलगढीमा भएको यस प्रकारको घटना मानव जातिको लागि लज्जाको विषय हो। मृतकको परिवारले न्याय चाहन्छ भने पुलिस तथा सरकारले अपराधीलाई बचाउने प्रयास गरिरहेको छ। आफ्नो भोट ब्याङ्क बचाउनको लागि तृणमूल सरकारले यस प्रकारको डर्टी पोलिटिक्स गर्न सक्छ भनी सांसद विष्टले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *