नदीबाट बलुवा-ढुङ्गा उठाउने मागमा अलिपुरद्वारको बीडीओ कार्यालयमा विक्षोभ, बीडीओलाई ज्ञापन

अलिपुरद्वार: अलिपुरद्वारको शीलतोर्षा नदीबाट गत 8 महिनादेखि बलुवा-ढुङ्गा उठाउन बन्द रहेकोले गर्दा अलिपुरद्वार तथा कुचबिहार जिल्लाको सरकारी तथा गैर सरकारी निर्माण कार्यमा प्रभाव परिरहेको छ। यसले गर्दा धेरैजना श्रमिकहरू कार्यविहीन भएकोले समस्याको सामना गर्न परिरहेको छ। यसैले चाँडै नदीबाट बलुवा-ढुङ्गा उठाउने कार्य शुरू गरिनुपर्ने माग गर्दै इलाकाका हाडवेयर व्यवसायी, लरी मालिक तथा बलुवा-ढुङ्गा उठाउने श्रमिकहरूले आज फालाकाटा बीडीओ कार्यालयमा विक्षोभ प्रदर्शन गर्नको साथै फालाकाटा बीडीओसित भेट गरेर एउटा ज्ञापन पत्र पनि चढायो। उक्त समस्याको समाधान चाँडै नगरेको खण्डमा आगामी दिनमा वृहत् आन्दोलन गर्ने विक्षोभकारीहरूले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *