नदी दिवसको अवसरमा सिलगढीमा सचेतनता अभियान

सिलगढी : आज विश्व नदी दिवस हो। महालयको बिहान आज सिलगढी र उत्तरबंगको नदीहरूलाई बचाउने सन्देशको साथमा सहरका विभिन्न संगठनहरूले सचेतनता अभियान चलायो। सिलगढीको लालमोहन मौलिक घाटमा आज बिहान पर्यावरणप्रेमीहरूको संगठन, स्वयम्‌सेवी संगठनका सदस्यहरूले सचेतनता अभियान चलाए। सिलगढी सहरको महत्वपूर्ण महानन्दा नदीमा प्रदूषणको मात्रा निक्कै बढेकोले यसबारे ग्रिन ट्रिब्यूनलमा मामिला पनि दर्ता गरिसकेको बताए। महानन्दा नदीलाई बचाउनको लागि धेरै वर्ष अघिदेखि सहरका विभिन्न संगठनहरूले आवाज उठाइरहे तापनि विभिन्न कारणले गर्दा नदीको प्रदूषण रोक्न सकेको छैन। यसैले आज नदी दिवसको अवसरमा विभिन्न संगठनहरूले सहरमा सचेतनता अभियान चलाउँदै नदीमा तर्पणको लागि आएका मानिसहरूलाई जागरूक पनि गराए। यसको साथै संगठनका सदस्यहरूले हातमा प्ला कार्ड बोकेर महानन्दा नदी अघि एउटा र्‍याली पनि निकाले।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.