नदी किनारको जमिन दखल गरेको आरोपमा एकजना व्यक्ति पक्राउ

सिलगढी : मुख्यमन्त्रीको निर्देशपछि सिलगढी मेट्रोपलिटन पुलिसले नदीको तट तथा सरकारी जमिन दखल गरेर बिक्री गर्ने भू-माफियाहरूविरुद्ध कार्वाही गर्दै धडपकड अभियान शुरू गरेको छ। हालसम्म पुलिसले धेरैजनालाई पक्राउ गरिसकेको बताइएको छ। एनजेपी थाना पुलिसले गत राति नदीको तट दखल गरेको आरोपमा झुटन मण्डल नाम गरेको एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिले पोडाझार इलाकाको नदी तट दखल गरेर पहिला चियाको दोकान चलाइरहेका थिए भने पछि दोकानको पछिल्तिरको लगभग बिघा जमिन दखल गरेर घर बनाएर बसोबास गर्दै आइरहेका थिए। गत राति पुलिसले उक्त व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। उक्त घटनामा इलाकाका पञ्चायत निरञ्जन सरकारको नाम अघि आएको तथा तिनकै सहयोगमा आफूले नदीको तट दखल गरेको पक्रा परेका झुटन मण्डलले बताए। पक्रा परेका व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *