नदीमा दाउरा निकाल्न जाँदा टिस्टाले बगायो एकजना युवक

जलपाईगढी : नदीले बगाएर ल्याएको दाउरा संग्रह गर्न गएका एकजना युवकलाई नदीले बगाएर लगेको छ। प्राप्त जानकारीअनुसार हिजो बिहान जलपाईगढी पहाड़पुर ग्राम पञ्चायत अन्तर्गत डाङ्गापाड़ा निवासी 23 वर्षीय सद्दाम हुसेन टिस्टा नदीमा बगाएर ल्याएको दाउरा संग्रह गर्न गएका थिए। साँझ परेपछि पनि तिनी घर फर्कि नआएपछि परिवारका सदस्यहरूले तिनको खोजी शुरू गरे। परिवारका सदस्यलगायत स्थानीय मानिसहरूले नदीमा तिनको खोजी गरे तापनि कुनै पत्तो लागेन। यसपछि परिवारका सदस्यहरूले घटनाबारे पुलिसलाई खबर दिए। आज बिहान जलपाईगढी कोतवाली थाना पुलिस घटनास्थलमा पुगेर घटनाको छानबीन गर्नको साथै सिभिल डिफेन्सका कर्मीहरूले नदीमा सद्दामको खोजी चलाइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *